चितवन । पर्वतका पाँच व्यवसायीले गायिका एलिना चौहानको कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने चेतावनी दिएसँगै एलिनाले आत्मालोचना गरेकी छिन् । एलिनाले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आत्मालोचना गरेकी हुन् ।
यसअघि एलिनाले माफी माग्नुपर्ने भन्दै उनका कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने ५ साउन्ड सिस्टम कम्पनीले विज्ञप्ति जारी गरी चेतावनी दिएका थिए ।
जिके साउण्ड सिस्टम, एसके साउण्ड लाइट एण्ड म्युजिक स्टोर्स, साउण्ड गार्डेन, मञ्जित साउण्ड सिस्टम, जोजिजू म्युजिक एण्ड साउण्ड सिस्टम सर्भिस र एविज साउण्ड सिस्टमले सामूहिक विज्ञप्ति जारी गरेका हुन् । विज्ञप्ति उनीहरुको एलिनाले माफी माग्नुपर्ने माग गरेका थिए ।
एलिनाको गत फागुन २० गते पर्वतको कुस्मामा आयोजित एक महोत्सवमा एक साउन्ड टेक्निसियनसँग भनाभन भएको थियो । कार्यक्रम प्रस्तुतीका क्रममा आकस्मिक घटना हुन पुगेको भन्दै उनले आवश्यकताभन्दा बढी प्रतिकारात्मक देखिन पुगेकामा आत्मालोचना व्यक्त गरेकी हुन् ।
‘सो घटनामा तत्कालिन समयमा म आवश्यकता भन्दा बढी प्रतिकारात्मक देखिन पुगेका प्रति आत्मालोचना गर्दछु। मञ्चिय प्रस्तुतीका क्रममा साउण्ड ईन्जिनियरबाट हुने गरेका सामान्य कमी कमजोरीलाई माईकबाटै राखिदिने स्वाभावलाई मैले मेरो कमजोरीका रुपमा स्वीकार गर्दछु’, उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।












