काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्म ६४ जिल्लामा अधिवेशन सम्पन्न भएको जानकारी दिएको छ।
यस्तै ६०९ पालिका र चार हजार ३६३ वडामा अधिवेशन सम्मन भएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए। कर्णाली प्रदेश डोल्पा र हुम्ला, लुम्बिनीमा रुकुम पूर्व, गण्डकीमा मनाङ र मुस्ताङ, मधेशमा धनुषा, सप्तरी बारा र सर्लाहीमा अधिवेशन हुन बाँकी छ।
यस्तै सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहटमा अधिवेशन प्रक्रिया शुरु भई स्थगन भएको रास्वपाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ। मधेश प्रदेशको अधिवेशन स्थगन भएको छ र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अधिवेशन चालु रहेको जनाइएको छ।












