चितवन । चितवनका तीन वटा प्रतिनिधि सभा र छ वटा प्रदेश सभा निर्वाचन क्षेत्रका लागि आज उमेदवारी दर्ता भएको छ ।
चितवन १ मा एमालेबाट सुरेन्द्र पान्डे, कांग्रेसबाट विश्व पौडेल र स्वतन्त्र पार्टीबाट हरि ढकालले उमेदवारी दर्ता गराए । पाण्डेले वारेसमार्फत उमेदवारी दर्ता गराएका हुन् । प्रदेशतर्फ चितवन १ (क) मा एमालेका जेएन थपलिया र कांग्रेसका किरण ओलीले उमेदवारी दर्ता गराए भने १ (ख) मा एमालेका प्रकाश खनाल शैलेस र एकिकृत समाजवादीका कृष्ण खनाल उमेदवारी दर्ता गराए ।
चितवन २ मा एमालेबाट कृष्णभक्त पोख्रेल, कांग्रेसबाट उमेश श्रेष्ठ र नेपाल स्वतन्त्र पार्टीबाट रवी लामिछानेले उम्मेद्बारी दर्ता गराए । प्रदेशतर्फ २ (क)मा एमालेका प्रेम प्रसाद सिलवाल र माओवादी केन्द्रका घनश्याम दाहाल र २ (ख)मा एमालेका देवी ज्ञवाली र कांग्रेसका उत्तम जोशीले उमेदवारी दर्ता गराए ।
घनश्याम दाहाल, उत्तम जोशी
चितवन ३ मा एमालेबाट राम प्रसाद न्यौपाने, माओवादी केन्द्रबाट डा भोजराज अधिकारी, राप्रपाका बिक्रम पाण्डेले उमेदवारी दर्ता गराए । भागबण्डा गर्दा माओवादी केन्द्रको भागमा परेको यस प्रतिनिधि सभा क्षेत्रमा कांग्रेस केन्द्रिय सदस्य दिनेश कोइरालाले बागी उमेदवारी दिए भने कांग्रेसबाट कारबाही भोगेका जगन्नाथ पौडेलले पनि स्वतन्त्र उमेदवारी दिए ।
प्रदेशतर्फ ३ (क)मा एमालेका कृष्ण भुर्तेल र कांग्रेसका डा सूर्यकान्त घिमिरे र ३ (ख)मा एमालेकी सरस्वती विष्ट र माओवादी केन्द्रका ठाकुर ढकालले उमेदवारी दर्ता गराए । कृष्ण भुत्र्तेल २०७४ को निर्वाचनमा पनि प्रदेश सभामा निर्वाचित भएका थिए भने ढकाल माडी नगरपालिकाका पूर्व मेयर हुन् ।
















