चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका छन् ।
आगामी मंसिर ४ गते हुने चुनावमा उनले चितवन २ बाट आफ्नो उम्मेद्धारी दर्ता गराएका हुन् । उम्मेद्धारी दर्ता लगत्तै उनले फेसबुकमा स्टाटस राख्दै चितवनले लगाएको गुण तिर्न आएको बताएका छन्।
उनको फेसबुक स्टाटस
एउटा समय यस्तो थियो जब मलाई झुक्याएर राता रात भरतपुर चितवन पुर्याइयो र आधा रातमा हिरासतमा कोचियो। म आँखामा अन्योल र आँसु बोकेर चितवन आएको थिएं। अर्को समय आज छ, जहाँ म आफ्नै इच्छा र चाहनाले आँखा भरी सपना र समाज परिवर्तनको योजना बोकेर चितवन नै आएको छु । यस पटक म नफर्कने गरेर आएको छु । म चितवनले लगाएको गुण तिर्न चाहन्छु,जीवन भर चितवनको मान्छे बनेर। मंसिर ४ का लागि चितवन- २ मेरो निर्वाचन क्षेत्र र चुनाव चिन्ह घण्टी।












