भरतपुर । अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको झाडी फाड्ने काम आजदेखी सुरु भएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामाजिक संघसंस्थाका अभियान्ताहरु लगायतको सक्रियतामा रंगशाला सरसफाइ थालिएको हो ।
नगर प्रमुख रेनु दाहालले मेशिनमार्फत झाडी फडानी सुरु गरेर सरसफाइ कार्यक्रमको सुरुवात गरेकी हुन् । रंगशालामा खेल्न मिल्ने गरि मर्मत तथा निर्माणका लागि महानगर र बागमती प्रदेश बीच सहमती भएको छ । पहिलो चरणमा करिब ७५ करोडको काम हुँदै छ । जसमा महानगरको ३० प्रतिशत र प्रदेशको ७० प्रतिशत लगानी हुने छ ।











