काठमाडौँ । आईसीसी विश्वकप क्रिकेटअन्तर्गत गएरातिको खेलमा इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई हराएको छ। जितका लागि ३४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ३७.२ ओभरमा १७९ रनमा अल आउट भयो।
नेदरल्याण्ड्सविरुद्ध १६० रनको फराकिलो जीत हात पारेको इंग्ल्याण्डले २०२५ को च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना बढाएको छ। अब अन्तिम खेलमा पनि जीत निकाल्न सके अर्को वर्ष पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफीमा इंग्ल्याण्डले स्थान पक्का गर्नेछ।
हारसँगै नेदरल्याण्ड्सको विश्वकपमा सेमिफाइनल खेल्ने सम्भावना समाप्त भएको छ।
जारी विश्वकपमा यो दोस्रो जीत हो। तालिकामा ४ अंक बनाएको इंग्ल्याण्ड सातौँ स्थानमा उक्लिएको छ।