काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले शानदार जित निकालेको छ। ओपनर कुशल भुर्तेलले शतकमा नेपालले सहज जित निकालेका हो।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला फिल्डिङ गरेको नेपालले १९७ रनको लक्ष्य पाएको थियो। उत्कृष्ट जवाफी ब्याटिङपछि नेपालले ८० बल बाँकी छँदै ९ विकेटको जित निकालेको हो।
नेपालको जितमा भर्तेलले १०४ बलमा १०० रन पूरा गरे भने अर्का ओपनर आसिफ शेखले पनि अर्धशतक बनाए।












