काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भूमिमा आएको बारे सरकारसँग जानकारी माग गरेका छन् ।
आजको संसद बैठकमा उनले भने, ‘छिमेकी राष्ट्रका प्रधानमन्त्री नरेन्द्र मोदी हाम्रो भूभागमा आउनुभयो । हाम्रो भूभागमा आउँदा न सरकारले स्वागत गरेको छ । न कुनै जानकारी गराएको छ ।’
चुच्चे नक्साभित्र पर्ने भूभागमा मोदी नेपाललाई जानकारी नदिइ आएकोबारे सरकारसँग उनले जवाफ माग गरे ।
‘सरकार र परराष्ट्र मन्त्रालयले आफ्नो छिमेकी देशको प्रधानमन्त्रीको भ्रमणबारे संसदलाई जानकारी गराउनु पर्दैन ? हाम्रो भूमिमा आउँदा सरकारले स्वागत गर्नुपर्दैन ?,’ उनले भने ।











