काठमाडौँ। एसीसी यू १९ प्रिमियर कप अन्तर्गत इरानविरुद्ध नेपाल २ सय ७४ रनले विजयी भएको छ । मलेसियामा सम्पन्न खेलमा नेपालले इरानलाई २ सय ७४ रनले पराजित गरेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कप्तान देव खनालको शतकको मद्दतमा ४०।१ ओभरमा सबै विकेट गुमाएर ३ सय ५३ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा इरान ७९ रनमा अलआउट भयो ।










