महोत्तरी। महोत्तरीको मट्टिहानीमा घाँस काटन गएकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । मट्टिहानी–१ सानो धिरापुर निवासी अन्दाजी ४० वर्षिया अमना खातुन मृत अवस्थामा फेला परेकी हुन् ।
अमना शुक्रवार घास काटन जंगल गएकी थिइन् । मृतक महिलाको शव घरबाट झण्डै एक किलोमिटर दूरीमा रहेको खोईर भन्ने स्थानको बाँसघारीमा फेला परेको प्रहरीले जनाएको छ ।
महिलाको शरिरभरी चोट र रक्ताम्य देखिएको हुदा कसैले बिभत्स हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाको बिषयमा गम्भीर ढङगले अनुसन्धान अगाडि बढाइएको र शव राती भेटिएको हुनाले पोष्टमार्टमको लागी बिहानमात्र पठाइएको एसपी कृष्ण पंगेनीले बताए ।
मृतकको श्रीमान र एक छोरा वैदेशिक रोजगारीमा छन् ।











