काठमाडौं । विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा बसेका डा गोविन्द केसी र सरकारबीच सहमति भएको छ । दुबैतर्फका वार्ता टोलीबीच सहमति भएको बताइएको छ ।
सहमति भएसँगै केसीले अनसन तोडेका छन् । फेरि धोका भए अनसन बस्ने डा केसीले चेतावनी दिएका छन् । कैलालीको धनगढीमा अनशन सुरु गरेका डा केसीलाई स्वास्थ्यमा समस्या भएपछि काठमाडौं ल्याइएको थियो । उनले काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा अनशन जारी राखेका थिए ।
वार्ताका लागि सरकारले प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा र डा केसीका तर्फबाट डा जीवन क्षत्रीको संयोजकत्वमा वार्ता समिति गठन गरिएको थियो । ७ बुँदे माग राखेर गत २७ भदौ २०७९ देखि उनले कैलालीको धनगढीस्थित श्रीकृष्ण मन्दिरमा अनशन सुरु गरेका थिए ।
















