चितवन । जवरजस्ती करणीको आरोपमा कालिका नगरपालिका–८ बस्ने २१ बर्षिय संजोग मगर खैरहनी नगरपालिका–४ बाट पक्राउ परेका छन् ।
३५ वर्षिय पिडितलाई माया गर्छु, विवाह गर्ने हो भनी प्रलोभन देखाई डर धम्की दिई जवरजस्तीकरणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले मगरलाई पक्राउ गरेको प्रवक्ता नरहरी अधिकारीले जानकारी दिए ।
संजोग मगरले साउन १३ गते राती करिब साढे १० बजेको समयमा राप्ती नगरपालिका–५ चौकीडाँडास्थित चौतारामा पिडितलाई भेट्न बोलाएका थिए । पिडितले गत साउन १४ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी हुन् ।
प्रवक्ता नरहरी अधिकारीका अनुसार प्रतिवादी संजोग मगरलाई जाहेरी दिएकै दिन बेलुका करिब १० बजे खैरहनी नगरपालिका–४ बाट पक्राउ गरी जवरजस्तीकरणी मुद्दामा अनुसन्धान भइरहेको छ ।











