चितवन । रोटरी क्लब अफ नारायणी मिड टाउनले माडीको पौहारीमा निर्माण गरेको शौचालय स्थानीयलाई हस्तान्तरण गरेको छ । रोटरीले स्थानीयको लागि चार वटा शौचालय निर्माण गरिदिएको थियो ।
शौचालय हस्तान्तरणसँगै स्थानीयलाई कुष्ठरोग तथा मुखको स्वास्थ्यबारे सचेतना र दन्त स्वास्थ्य सम्बन्धि परामर्श पनि दिइएको छ ।
माडी नगरपालिका–३ का वडाध्यक्ष पुरन महतोको प्रमुख आतिथ्यतामा सम्पन्न शौचालय हस्तान्तरण तथा स्वास्थ्य सचेतना कार्यक्रममा रोटरी क्लब अफ नारायणी मिड टाउनका अध्यक्ष अर्पना प्रधान भण्डारी, छालारोग विशेषज्ञ डा अच्युत पोख्रेल, दन्त विशेषज्ञ डा पुजा पोख्रेल लगायत क्लबका निवर्तमान अध्यक्ष, रोटरीयन, स्थानीय युवाहरु, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो थियो ।














