काठमाडौं । नेपाली चलचित्रकी पुरानी नायिका निरुता सिंहले लगनगाँठो कसेकी छन्। लामो समयदेखि मुम्बईमा बस्दै आएकी नायिका सिंहले ३१ अगस्टमा मुम्बई निवासी सन्जिव गुलाटीसँग विवाह लगनगाँठो कसेकी हुन्।
निरुताले पछिल्लो समय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको फिल्म ‘दाल भात तरकारी’, भुवन केसीको फिल्म ‘क्याप्टेन’ लगायत फिल्ममा काम गरेकी छन्। सिंहले सामाजिक सञ्जालमार्फत विवाहको जानकारी गराउँदै चाँडै नै आशिर्वाद लिन नेपाल आउने बताइन्।












