काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले समानुपातिक सूचीमा युवाहरुको धेरै नाम समावेश गरिएको बताएका छन्।
समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका पुनले आफूहरुले उमेरगत रुपमा पनि समानुपातिक रुपमा उम्मेदवार छनोट गरेको बताए।
‘हाम्रो पार्टीले युवाहरुलाई धेरै जोड गरेको छ, युवाहरु धेरै हुने गरी बन्दसूची प्रस्तुत गरेका छौं,’ उनले भने, ‘सबै निर्वाचन प्रक्रिया पूरा गरेर सार्वजनिक गरेपछि आम मतदातालाई लाग्ने छ कि माओवादी पार्टीले नयाँ ढंगले युवाहरुलाई प्रस्तुत गरेको छ।’
यसअघि समानुपातिक सांसद र स्थानीय तहमा निर्वाचन हारेकालाई यस पटक समानुपातिकको सूचीनमा नराखेको उनले बताए।











