चितवन । भरतपुर महानगरपालिका–३ नारायणगढस्थित कमलनगरमा आज सरसफाई गरिएको छ । नारायणगढको मुख्य र सेवाग्राहीको बढी भिडभाड हुने कमलनगर बजारमा सरसफाई गरिएको हो ।
कमलनगर टोल विकास संस्थाको आयोजनामा भएको सरसफाई तथा वातावरणमैंत्री कार्यक्रमलाई कमलनगर बजार व्यवस्थापन समिति र कमलनगर महिला समूहले सहयोग गरेका थिए । भरतपुर–३ का वडा अध्यक्ष विकास थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तीन वटा संस्थाको कार्यसमिति र स्थानीयको उपस्थिती रहेको थियो ।
सरसफाई तथा वातावरणमैंत्री कार्यक्रमका संयोजक एवम् भरतपुर–३ का वडा सदस्य माधव अर्यालले वडालाई वातावरणमैंत्री एवम् सरसफाईमैंत्री बनाउने अभियान अन्तर्गत सरसफाई कार्यक्रमलाई तीव्र बनाइएको बताए ।
बजार क्षेत्रलाई सुन्दर र सफा राख्नको लागि बेला–बेलामा सरसफाई कार्यक्रम हुने गरेको कमलनगर बजार व्यवस्थापन समितिका महासचिव कृष्ण महतोले बताए । बजार क्षेत्र सफा गरे सेवाग्राहीको आकर्षण पनि बढ्ने उनले बताए ।











