चितवन । आज बिहान ७ बजेदेखि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ कालिखोलामा माथिबाट सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन भरतपुरका सूचना अधिकारी चण्डेश्वर साहले बताए । सडक दुई तर्फी रुपमा सञ्चालनमा आउन अझै दुई घण्टाजति लाग्ने उनले बताए ।












