रुपन्देही। रुपन्देही, नवलपरासी, पाल्पा, प्युठान र आसपासका स्थानमा भारी वर्षा मापन भएको छ।
भारी वर्षाका कारण तिनाउ र दानव नदीमा बाढी आएको छ। जल तथा मौसम विज्ञान विभागले आज बिहान बिहान सार्वजनिक गरेको सूचना अनुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतह खतरा तह भन्दा निकै माथि पुगेको र बढ्दो रहेको छ।
बाढीको उच्च जोखिम रहेकाले तिनाउ नदीका तटिय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानमा हुनेहरू दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
तिनाउमा बाढी आयपछि तिनाउ आसपासका बासिन्दा अहिले घर बाहिर निस्केका छन्।












