चितवन । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई अबको चुनावमा कुन मुख देखाएर जनतामाझ भोट माग्न जानुहुन्छ भनेर प्रश्न गरेका छन् ।
बालेनले तीनकुनेको एउटा तस्वीर फेसबुकमा राख्दै पूर्वप्रधानमन्त्री समेत भइसकेका नेपाल र राष्ट्रपति विद्यादेवी भण्डारीले तीनकुनेको ५० वर्षदेखिको समस्या समाधान गर्न नसकेको बताएका छन् ।
सत्ता गठबन्धनको अझै दुई महिना सरकार रहने भन्दै उनले समस्या समाधान हुने आशा राखेको बताएका छन् ।
‘आदरणीय माधव नेपालज्यु तथा सम्माननिय रास्ट्रपति ज्यु, प्रधानमन्त्री बन्नु भयो, रास्ट्रपति बन्नु भयो । आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाइँकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु’, बालेनले लेखेका छन् ।











