काठमाडौं । चलचित्र ‘प्रेमगीत ३’का नायक प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन् । कात्तिक १ गतेदेखि लागू हुने गरी राति ११ बजेपछि चलचित्र हल बन्द हुने निर्णय गरेको भन्दै खड्काले केसीको राजीनामा मागेका हुन् ।
विकास बोर्डको यो निर्णय असोज ७ गतेदेखि विश्वभर रिलिज हुन लागेको प्रेमगीत–३ प्रति लक्षित भएको खड्काको आरोप छ । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा खड्काले भने, ‘उहाँले राजीनामा दिंदा इज्जत बढ्छ ।’
अनलाइन खबरबाट











