चितवन । नारायणगढ–मुग्लिन सडकको तुइन खोला नजिक आज बिहान खसेको पहिरोले ट्रकलाई पल्टाउँदा घाइते भएका ट्रक चालकको मुग्लिनस्थित हाइवे अस्पतालमा उपचार भइरहेको छ ।
ना ६ ख ७१० नम्बरको कण्टेनर (डिब्ब) ट्रक पल्टिदा पर्सा बिरगंज बस्ने वर्स ३५ को राम पुकार मध्यम घाइते भएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
घाइतेलाई प्रहरीले आफ्नै गाडीमा राखेर अस्पताल पु¥याएको हो । आज बिहान करिब १ः५० बजेको समयमा इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोला पुल नजिक पहिरो खसेको थियो । दुईतर्फी नै अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको पण्डितले बताए ।












