भरतपुर । कैलाश कोइरालाद्वारा लिखित कविता संग्रह ‘कल्की’माथि समीक्षा गरिएको छ । विश्व हिन्दु महासंघ चितवनको आयोजनामा आइतबार वागीश्वरीमा पुस्तक समीक्षा गरिएको हो । पुस्तकका लेखक कोइराला वागीश्वरीमा जारी कोटिहोम महायज्ञको कर्ता बसेका छन् ।
महायज्ञको उद्घाटनका अवसरमा गत वैशाख १७ गते ‘कल्की’को विमोचन गरिएको थियो । आइतबार भएको समीक्षा कार्यक्रममा खेचरीनाथ र हरिभक्त अधिकारीले समीक्षात्मक टिप्पणी गरेका थिए ।
१६८ पेजको ‘कल्की’ पुस्तकमा ४६ वटा कविता रहेका छन् । कोइरालाको यो चौँथो कृति हो । कार्यक्रममा कोइरालाले दुई वटा कविता वाचन गरेको सुनाएका थिए ।
समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता शंकर भण्डारीले नेपालमा साझा शक्तिको रुपमा राजसंस्थाको आवश्यकता रहेको बताए । ‘सनातन धर्म रक्षाको अभियान चितवनबाट सुरू गर्नुस् । म कांग्रेसी नरहन सक्छु तर, नेपाली होइन भन्न सक्दिन’, उनले भने ।












