चितवन। नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तीन नम्बर पुल (तुइन खोला) नजिकै आज बिहान पुनः चट्टाने पहिरो खसेको छ । पहिरोले एउटा ट्रक पल्टिएको छ भने पहिरो हटाउन सुरु गरिएको छ । अहिले सडक दुईतर्फी नै ठप्प भएको स्थानीय पत्रकार विनोद श्रेष्ठले जानकारी दिए ।
उक्त स्थानमा पटक–पटक पहिरो खसेको छ । हिजो (आइतबार) झण्डै १८ घण्टा अवरुद्ध भएको यो सडक साँझबाट सुचारु भएको थियो । त्यसको केहि समयमा फेरि पहिरो खसेकोमा पहिरो पन्छाएर सडक सुचारु गरिएको थियो ।












