देवघाट । देवघाट ब्याडमिन्टन संघको अध्यक्षमा पुनः अनिल मिश्र चयन भएका छन् । संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा पुनः मिश्र सर्वसहमत रुपमा चयन भएका हुन् ।
देवघाट गाउँपालिका–५ स्थित देवघाट गार्डेन रिसोर्टको सभा हलमा शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट संघको उपाध्यक्षमा सुजन गुरुङ, सचिवमा आशिक रानामगर, कोषाध्यक्षमा अर्जुन सापकोटा, सहसचिवमा होमबहादुर सारु चयन भएका छन्।
साथै सदस्यहरुमा चंन्दन बगाले, सञ्चय मगर, तिलकप्रसाद न्यौपाने र प्रेम थापामगर (दिपेन्द्र) चयन भएका छन् ।
सो कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रधुब्नकुमार खड्का, देवघाट ब्याडमिन्टन संघका संरक्षक चन्द्रप्रकाश दवाडी, गाउँपालिका शिक्षा तथा खेलकुद शाखाका अधिकृत होमनाथ लामिछाने, देवघाट ५ वडा सदस्य बुद्धिबहादुर पाण्डे, देवघाट युवा तथा खेलकुद बिकास संस्था अध्यक्ष अमर बहादुर फेवाली, ईलाका प्रहरी कार्यालय प्रमुख तिर्थराज पौडेल, गाउँपालिका लेखा अधिकृत सरद न्यौपाने, गाउँपालिका कार्यक्रम अधिकृत कृष्णरजा पन्त, देवघाट ५ खेलकुद अध्यक्ष खेमबहादुर राना लगायतको उपस्थिति रहेकोे थियो।











