चितवन । संविधान बनेको सात पुगेको अवसरमा नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज युवाहरुसँग काठमाडौँमा वाकाथन अर्थात बिहानी पैदलयात्रा गरेका छन् ।
‘संविधानको सात वर्षे यात्रा, युवा सँगसँगै पदयात्रा’ नामक कार्यक्रम अन्तगृत ओली नयाँ बानेश्वरबाट पैदल हिँडेर वसन्तपुर पुगेका हुन् । पैदल यात्राका क्रममा नेपालको राष्ट्रिय झण्डा प्रयोग गरिएको छ ।
संविधान दिवस असोज ३ गते पर्ने भए पनि निर्वाचन आयोगसँग सम्बन्धित अभियानहरुमा सहभागी हुनुपर्ने भएकाले एमालेले दुई दिन अगाडि नै आज मर्निङवाक कार्यक्रम राखेको हो ।




फोटो : केपी ओली सचिवालय












