चितवन । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौँमा भारतीय फिल्म चल्न नदिने चेतावनी दिएका छन् । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिँदा सम्म भारतीय फिल्म चल्न नदिने चेतावनी दिएका हुन् ।
‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।











