चितवन । भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण भैरहेको प्रेस चौतारी चितवनको भवनलाई एमाले युवा नेता नारायण खनालले आर्थिक सहयोग गरेका छन् ।
प्रेस चौतारीको देशकै पहिलो निर्माणाधीन भवनलाई एमाले नेता खनालले नगद १५ हजार सहयोग गरेको प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले जानकारी दिए ।
पूर्वी चितवनको रत्ननगरका स्थानीय वासिन्दा खनाल साहासिक पर्यटन सम्वन्धी विज्ञ हुन् । श्रमजीवी पत्रकारहरूको सबैभन्दा ठूलो संगठन प्रेस चौतारीको भवन निर्माण हुँदै गरेकोमा पत्रकारहरूलाई उर्जा र हौसला थप्न आफ्नोतर्फबाट सक्दो सानो सहयोग गरेको खनालले जानकारी दिए ।
चौतारी चितवनका अध्यक्ष पण्डितले भवन निर्माणको कार्य तीब्र गतिमा अगाडि बढेको भन्दै सबैको साझा प्रयास, सहयोग र प्रयत्नबाट भवनलाई पूर्णता दिने बताए । समाजसेवी केशव कार्कीले उपलब्ध गराएको झण्डैं ७० लाख पर्ने १० धुर जग्गामा प्रेस चौतारी चितवनले भवन बनाइरहेको छ ।
भवनको माथिल्लो डीपीसी सकेर पिलरको काम भैरहेको छ । असार दोस्रो हप्तासम्म ढलान गर्ने योजना रहेको चौतारी चितवनका अध्यक्ष पण्डितले जानकारी दिए ।












