चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतम चितवनका व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह बन्धनमा बाँधिएकी छन् ।
काठमाडौं– २ बाट निर्वाचित सांसद सोबिता र गृहेन्द्रले ७ जेठमा दुवै परिवारका सीमित सदस्यको उपस्थितिमा विवाह गरेको खुलेको छ।
सोबिता हाल पार्टीको कामको सिलसिलामा जापान भ्रमणमा छिन् । उनीसँग विवाह गरेका गृहेन्द्र हिमालयन बिल्डर्स र ग्रिस्मा ब्रोडकास्टिङमा आवद्ध छन् ।












