काठमाडौं। शनिबार बिहान जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा मुसा भेटिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार उड्न लागेको जहाजमा यात्रुले मुसा देखेपछि उडान स्थगित भएको थियो।
४९ जना बोकेर उड्ने तयारीमा रहेको जहाजमा मुसा फेला परेपछि इन्जिनियरहरूले जहाजको परीक्षण गरिरहेको बताइएको छ। परीक्षण भएपछि मात्रै उडान गरिने प्रवक्ता निरौलाले बताए।












