भरतपुर । भरतपुर महानगरपालिका–१७ नारायणचोक स्थित आफ्नै घर पछाडी बारीमा काम गरिरहेको अवस्थामा जंगली गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
शनिवार बिहान ११ बजे जंगली गैँडा अचानक बारीमा आएर ६० वर्षिय झलक राज पौडेल र ५७ वर्षिय टंक नाथ रेग्मीलाई आक्रमण गरेको थियो ।
गैँडाको आक्रमणबाट टाउको, पेट र शरिरको बिभिन्न भागमा गम्भिर चोट लागेर भरतपुर अस्पतालमा उपचाररत पौडेलको ११ बजेर ४५ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एवम् सुचना अधिकारी विजयराज पण्डितले जानकारी दिए ।
त्यस्तै सोही स्थानमा सोही गैंडाको आक्रमणबाट सामान्य घाइते भएका रेग्मी भने उपचार पश्चात अस्पतालबाट डिस्चार्ज भएको पण्डितले जानकारी दिए ।












