काठमाडौं । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुने भएका छन्।
नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले पौडेलको अवस्थामा सुधार आएकाले आज डिस्चार्ज हुन सक्ने जनाएको छ।
नयाँ दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्यमा राम्रो सुधार भएकोले आज डिस्चार्ज हुने सम्भावना रहेको दूतावासको विज्ञप्तिमा उल्लेख छ।
पेट र छातीमा समस्या देखिएपछि पौडेललाई उपचारको लागि वैशाख ६ गते दिल्ली लगिएको थियो।












