चितवन । चितवन– २ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले जित्ने पक्का भएको छ । लामिछानेले आफ्ना प्रतिस्पर्धीसँग ३३ हजार भन्दा बढिको मतान्तर कायम गरेकाले जित सुनिश्चित भएको हो।
निर्वाचन आयोगका अनुसार मंगलबार बिहानसम्म ५७ हजार बढी मत गणना हुँदा लामिछानेले ४१५०४ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठको मत ७६९५ छ। उनीहरूबीचको मतान्तर ३३८०९ छ।
चितवन(२ मा आइतबार भएको निर्वाचनमा ७८२७७ मत खसेको थियो। अब गन्न बाँकी मत २१ हजार मात्र छ।












