चितवन । चितवन क्षेत्र नं २ मा गन्न बाँकी मत भन्दा रवि लामिछानेको मत अन्तर बढी भएपछि सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले पराजय स्वीकार गरेका छन् ।
आज बिहान फेसबुकमा लेख्दै श्रेष्ठले निर्वाचनमा पराजित भएपनि मतदाताको सुखदुःखमा विगतमा भन्दा अझ सशक्त भएर लाग्ने बताएका छन् ।
‘निर्वाचनमा पराजित भएता पनि यहि माटोको लागि केही गर्नुपर्छ भन्ने बाल्यकाल देखिकै मेरो सोच र सङ्कल्पका कारण यहाहरुको सुखदुखमा विगतमा भन्दा अझै सशक्त ढंगले लाग्ने प्रतिबद्धता ब्यक्त गर्न चाहन्छु, जयनेपाल’, श्रेष्ठले लेखेका छन् ।
आफुलाई मत दिने मतदाताप्रति उनले आभार प्रकट गरेका छन् । चुनाव प्रचारप्रसार र घरदैलोका क्रममा पाएको माया र सद्भावको सदैव ऋणी रहने उनले उल्लेख गरेका छन् ।












