चितवन । पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–४ लेवटारमा आज बिहान करिब ६ बजे ग्यास बोकेको भारतीय नम्बरको ट्यांकर अनियन्त्रित भएर पल्टिँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
काठमाडौँतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ग्यास ट्यांकर अनियन्त्रित भएर सडकमा पल्टिएको मुग्लिन ट्राफिक प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भिर घाइते भएका एक जनाको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारको लागि भरतपुर पठाइएको प्रहरी जानकारी दिएको छ । घटनाको बारेमा थप विवरण बाँकी छ ।












