चितवन । नेपाली सेनाको ट्रक आज दिउँसो करिब २ः५५ बजे नारायणगढ–मुग्लिन सडक खण्डको घुमाउनेमा पल्टिएको छ । काठमाण्डौबाट बाराको लागि हिंडेको भैरवनाथ गण काठमाण्डौको लु१ग १०९ नम्बरको ट्रक आफै अनियन्त्रित भई सडकमा पल्टंदा ट्रकमा सवार १४ मध्ये तीन जना सैनिक घाइते भएका छन् ।
घाइतेहरुको पुरानो मेडिकल कलेजमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
घाइतेहरुमा ट्रक चालक सेनाको अमल्दार बर्ष ३३ को कृष्ण प्याकुरेल, जम्दार बर्ष ३९ को उत्तम कार्की र सेनाको अमल्दार बर्ष ३२ को केआई सिंह रहेका छन् । तीनै जनाको अवस्था सामान्य रहेको प्रहरी प्रवक्ता पण्डितले बताए ।












