काठमाडौं। नेपाल राष्ट्र बैंकले २२ अर्ब १० करोड २५ लाख रुपैयाँको चार किसिममा ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ ।
बैंकले चैत १३ गते सोमबार गर्ने उक्त बोलकबोलमा इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले सोमबार दिउँसो ३ बजेभित्र ट्रेजरीका लागि दरखास्त आह्वान गर्न सक्नेछन् । ट्रेजरीको बिक्री भने चैत १४ गते मङ्गलवार हुनेछ ।
तर, कूल रकम मध्ये १७ अर्ब १० करोड २५ लाख रुपैयाँ पुरानो ट्रेजरीको नवीकरण गरेर बाँकी रहेको ५ अर्ब रुपैयाँ मात्र नयाँ बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । सूचना अनुसार नयाँ जारी हुने ट्रेजरीको समयावधि ९१ दिनको रहेको छ ।
केन्द्रीय बैंकका अनुसार पुरामध्ये ९१ दिनका लागि ५ अर्ब नवीकरण गरेर बाँकी ६ अर्ब ५० करोड २५ लाख रुपैयाँ नवीकरण गरिने छ । यस्तै, २८ दिने ट्रेजरीका लागि ५ अर्ब रुपैयाँ, १८२ दिनका लागि ६० करोड रुपैयाँ र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण हुनेछ ।
यसअघि केन्द्रीय बैंकले चैत ६ गते २३ अर्ब ७८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।












