काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ ।
अघिल्लो दिन ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले बढ्दै ९३ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्यसमेत आज तोलामा एक सय रुपैयाँले बढ्दै ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढ्दै एक हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।











