चितवन । दाउराले हानेर आमाको हत्या गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका–११ गणेशस्थानका ४० वर्षीय पुरन घलेलाई पक्राउ गरेको छ । हिजो राति ९ः२५ बजेको समयमा ७८ वर्षीय मिना कुमारी घले घरमै मृत अवस्थामा फेला परेपछि चितवन प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
घटनाको प्रारम्भिक अनुसन्धान गर्दा आमा छोरा बीच बिवाद हुँदा मृतककै कान्छो छोरा पुरन घलेले मादक पदार्थ सेवन गरी दाउराले आमाको टाउकोमा प्रहार गरी हत्या गरेको खुलेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
घटना लगत्तै पुरन फरार भएका थिए । उनलाई आज बिहान साढे १२ बजे घर नजिकै रहेको चौरमा लुकिछिपी बसेको अवस्थामा फेला पारीएको उलने बताए । चितवन जिल्ला अदालतबाट कर्तब्य ज्यान सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान गर्ने कार्य भइरहेको उनको भनाइ छ ।











