भरतपुर । भरतपुर–४ स्थित लक्ष्मी वैकुण्ठनाथ मन्दिरले सञ्चालन गरेको वैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम् (गुरुकुलम्)को सुसञ्चालन र सर्वाङ्गीण विकासका लागि बृहत अक्षयकोष स्थापनार्थ पीठाधीश स्वामी जगन्नाथाचार्यको संकल्पमा जारी श्री लक्ष्मीवैकुण्ठनाथ वैदिक विद्या संरक्षण महायज्ञ महोत्सव २०७९ मा भक्तजनको सहभागिता बढ्दै गइरहेको छ ।
महायज्ञमा अहिलेसम्म नगद र बोलकबोल गरी झण्डै ८५ लाख रकम संकलन भएको महायज्ञ सम्पादन मूल समितिका सचिव रामचन्द्र सापकोटाले जानकारी दिए । जारी महायज्ञको प्रथम चरणमा यशोदादेवी माताले प्रवचन दिइरहेकी छन् ।
सोमबारको कार्यक्रमका प्रमुख अतिथि नव मन्दिर निर्माण समितिका सह–संयोजक एवम् मन्दिर संचालक समितिका निवर्तमान उपाध्यक्ष सावित्री कंडेलले गुरुकुलको संचालनका लागि भइरहेको महायज्ञमा सहयोग गर्न सबैलाई आह्वान गरिन् । महायज्ञ फागुन ६ गते शिवरात्रिसम्म चल्ने छ ।












