काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको हिजो राति बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ। पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बिना निष्कर्ष टुंगिएको मुख्य सचेतक सन्तोष परियारले जानकारी दिए।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको र बैठकले कुनै निर्णय गर्न नसकेको उनले बताए । अर्को निर्णायक बैठक आज बिहान साढे ११ बजे बस्ने मुख्य सचेतक परियारले जानकारी दिए।












