चितवन । रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजिनामा दिएका छन् । नागरिकता सम्बन्धि मुद्धामा सर्वाेच्च अदालतले रविले पुनः नागरिकता लिनुपर्ने फैसला गरेपछि उनको सांसद पद नै खारेज भएको हो ।
सर्वाेच्चको फैसलासँगै उनले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजिनामा बुझाएर फर्किएको रविका सहयोगी प्रकाश सिग्देलले जानकारी दिए ।












