काठमाडौँ । रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजिनामा दिएर आजै निजि निवास फर्केका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद सर्वोच्चको फैसलाले खारेज गरेसँगै मन्त्रालयबाट आफ्नै सवारी चडेर वालुवाटार पुगेर प्रधानमन्त्रीलाई राजिनामा बुझाएका थिए ।
नागरिकता सम्बन्धि मुद्धामा सर्वोच्च अदालतले रविले पुनः नागरिकता लिनुपर्ने फैसला गरेपछि उनको सांसद पद नै खारेज भएको हो ।
सर्वोच्चको फैसलासँगै उनले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजिनामा बुझाएर मन्त्रालय छाडेर निजि निवास फर्किएको रविका सहयोगी प्रकाश सिग्देलले जानकारी दिए ।












