उदयपुर । उदयपुरमा एकै परिवारका तीन जनाको हत्या भएको छ । बेलका नगरपालिका–७ उदयपुरका राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको प्रहरीले जनाएको छ ।
हत्या गरेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नरबहादुर बस्नेत रहेका छन् । घटनास्थल उदयपुरको विकट ठाउँमा रहेको र उनीहरूको शव टुक्रा–टुक्रा पारिएको अवस्थामा फेला पारिएको प्रहरीको भनाइ छ । प्रारम्भिक अनुसन्धानका क्रममा सबैलाई खुकुरी प्रहार गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।











