भरतपुर । चितवनको कालिका नगरपालिका–९ दिव्यटारस्थित भित्रि सडक खण्डमा शनिबार अटो दुर्घटना हुँदा अटोमा सवार चार जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
शनिबार साँझ ५ बजेको समयमा उपरदाङगढीबाट शक्तिखोरतर्फ आउदै गरेको बा प्र ०६–००१ ह ०३१५ नम्बरको अटो आफै अनियन्त्रित भई नालामा पल्टिएको थियो ।
अटो दुर्घटनामा परी मृत्यु हुनेमा चालक राप्ती नगरपालिका–९ बस्ने वर्ष ३९ को पुर्ण विक, २२ वर्षीय बिनी तामाङ, ५५ वर्षीय तिलक तामाङ । राप्ती–८ बस्ने वर्ष ५६ को बिष्णु कुमारी तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।
दुर्घटनामा राप्ती–९ बस्ने वर्ष ५३ की चिनि कुमारी गुरुङ घाइते भएकी छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।











