भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पीडितको समस्या समाधान हुने बताएका छन् ।
भरतपुर–४ लंकुस्थित लक्ष्मीवैङ्कटेश मन्दिरमा स्वस्तिशान्ती पूजा गरेपछि बाहिरिँदै गरेका लामिछाने सहकारी पीडितले आफ्नो जवाफ मात्र नभई समाधान पाउने बताएका हुन् ।
सहकारी पीडितले तपाईलाई किन भोट दिने ? सहकारी पीडितलाई तपाईले कहिले जवाफ दिने ? भन्ने पत्रकारको प्रश्नमा लामिछानेले भने, ‘हिजोदेखि आजसम्म जवाफ दिने एउटै मात्र मान्छे हो रवि लामिछाने । कसैले जवाफ दिएको छैन । फेरि पनि भन्छु, उहाँहरुले जवाफ होइन, समाधान पाउनुहुन्छ ।’
खुट्टाको उपचारपछि पहिलो पटक चितवन आएका लामिछानेलाई भरतपुर विमानस्थलमा भव्य स्वागत गरिएको थियो । रास्वपाको चितवन २ का उमेदवार समेत रहेका लामिछानेले आज गृह प्रवेश गर्दै छन् ।











