भरतपुर । चितवनमा घाँस दाउरा काट्न जंगल गएका एक पुरुषको गैंडाको आक्रमणबाट मृत्यु भएको छ ।
सोमबार दिउँसो साढे ३ बजेको समयमा भरतपुर महानगरपालिका–१२ रामवेल सामुदायिक वनको कालिमाटी घोलनजिक घाँसदाउरा काट्न गएका स्थानीय ५६ वर्षीय बाबुकाजी क्षेत्रीलाई गैंडाले आक्रमण गरेको हो ।
गैंडाको आक्रमणबाट क्षेत्रीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।











