कालिका । चितवनको कालिका नगरपालिकाको रिङरोड भएको गैरीबारी, चापागौंडी देखि शेरबास जाने कालोपत्रे सडक र पक्कि नालाको कालिका–८ गैरीबारीमा शिलान्यास भएको छ ।
कालिका नगरपालिका र बागमती प्रदेश सरकारको बजेटमा १ हजार ६५० मिटर कालोपत्रे सडक र २ हजार ६५० मिटर पक्की नाला निर्माण कार्यको कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले शिलान्यास गरे ।
नगर प्रमुख रेग्मीले विकास निर्माणको कार्यमा सबैलाई सघाउन आग्रह गरे । यो सडक निर्माणले बैकल्पिक सडक मार्ग, पर्यापर्यटन कृषि उपज, बाटोको जनघनत्व एंव न्यूनीकरण कम गर्न, रणनैतिक हिसावले कालिका नगरपालिकाको आर्थिक रुपमा टेवा पुर्याउने बताए ।
नगर प्रमुख रेग्मीले भने, “यसरी नै नगरले आगामी आर्थिक वर्ष भावि रुपमा कालिकाको शेरेबास सम्मै पुग्नेगरी यो बाटो जोड्ने लक्ष्य छ ।”
सडक तथा नाला निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दालाई सहज हुने अपेक्षा व्यक्त गर्दै नगरका अन्य क्षेत्रमा बन्न नसकेका बाटोघाटोहरु बिस्तारै बन्दै जाने उनको भनाई छ ।
नगरपालिकाका भौतिक पूर्वाधार शाखा प्रमुख इन्जिनियर किशोर खतिवडाका अनुसार सो सडकको लागि पालिकाको रु १ करोड ८० लाख र प्रदेश सरकारको रु १ करोड २० लाख गरी ३ करोडको बजेट परेतापनि जीएराम माता कंकालीनी जेबी चितवनसंग रु २ करोड ३ लाख ९० हजार रुपैँयामा ठेक्का समझौता भएको उनले बताए ।











