चितवन । नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
भरतपुर महानगरपालिका–१३ उज्वलनगरमा रहेको राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाकको स्विटर वितरण गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाकी सभापती कृपा राजभण्डारीको आर्थिक सहयोगमा न्यानो कपडा वितरण गरीएको हो । सामुदायीक बिद्यालयमा अध्ययन गर्ने बिपन्न वर्गका बिद्यार्थीहरुलाई जाडोका कारण बिद्यालय छोड्ने बातावरण नबनोस् भनेर न्यानो कपडा बितरण गरिएको उनले बताइन् । विपन्न वर्गका बिद्यार्थीहरु जाडो समयमा विद्यालय नआउने सूचनाका आधारमा आफुले विद्यार्थी लक्षित गर्दै न्यानो कपडा वितरण गरिएको बताए ।
रेडक्रस चितवन शाखाका सभापति हरि प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको हो । जिल्ला शाखाका सभापति पौडेल, वडा सदस्य विना दवाडी, बिद्यालयकी प्रध्यानाध्यापक रिपा दवाडी लगायतले जाडो समयमा बिद्यार्थीहरुले बिद्यालय छाड्ने गरेको बताइन् ।











