चितवन । नारायणगढस्थित शहिदचोकमा मुख्य कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी सस्था लि।को व्यवसायिक कृषि कार्यक्रमको शुभारम्भ गरिएको छ ।
शनिबार भरतपुर–२८ जितपुरमा एक औपचारिक कार्यक्रकौ आयोजना गरि व्यवसायिक कृषि कार्यक्रमको शुभारम्भ गरिएको हो । हंस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर २८ का जनप्रतिनिधि पुर्ण बहादुर कुमाल प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि कुमालले हंस सहकारीले जीतपुर क्षेत्रमा व्यवसायिक कृषिको विकासमा टेवा पु¥याउने कामको थालनी गरेको बताउँदै वडा कार्यालयको तर्फवाट आवश्यक सहयोगको लागि प्रतिवद्धता व्यक्त गरे । कृषि उत्पादनको बजारीकरण मुख्य समस्य भएको बताउँदै उनले बजारीकरणमा सहयोग गर्न सहकारीलाई आग्रह गरे ।
सोहि अवसरमा बोल्दै हंस बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष दिनेश कुमार चुकेले सहकारी कृषि मार्फत आर्थिक समृद्धिको बाटोमा अगाडी बढेको बताउँदै व्यवसायिक कृषि कार्यक्रम सफल बनाउन सबैको साथ सहयोग र समन्वय आवश्यक रहेको औंल्याए ।
सहकारीको सचिव शारदा शर्मालै संचालन गरेको उक्त कार्यक्रममा हंस बहुउद्दैश्यीय सहकारी संस्था, जीतपुर सेवाकेन्द्र व्यवस्थापन समितिका सदस्य तथा कृषि तथा व्यवसाय समितिका संयोजक नेत्र प्रसाद आचार्यले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रममा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष भविश्वर भट्टराई, जनकल्याण बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष लाल कृष्ण भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
यसैगरी, हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शिक्षा उपसमितिको संयोजनमा जीतपुर सेवाकेन्द्रका सदस्यहरूलाई लक्षित गरी शनिबार सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको जीतपुर सेवाकेन्द्रमा आयोजना गरिएको कार्यक्रमको अध्यक्षता शिक्षा उपसमितिका संयोजक देशबन्धु अधिकारीले गरेका थिए। प्रमुख अतिथि संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले सहकारीलाई सशक्त र पारदर्शी बनाउन सदस्य शिक्षाको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए ।
साना किसान कृषि सहकारी संस्था मेघौलीका अध्यक्ष भविश्वर भट्टाराई, संस्थाका संचालक समिति सदस्य प्राडा होमनाथ सापकोटा, बचत वृद्धि उपसमितिका सदस्य विश्वबन्धु अधिकारी, र जीतपुर सेवाकेन्द्र संयोजक देवी प्रसाद पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै सहकारी अभियानलाई थप सक्षम बनाउने सुझाव र प्रेरणा प्रदान गरे । कार्यक्रममा सहकारीका लेखा समिति संयोजक गोबिन्द प्रसाद पौडेल, सचिव शारदा शर्मा पौडेल र प्रबन्धक नारायण प्रसाद सापकोटाले प्रशिक्षण दिएका थिए।
उनीहरुले सहकारीका वित्तीय प्रक्रिया, लेखा प्रणाली, सदस्यताको दायित्व, बचत–ऋण व्यवस्थापन तथा संस्थागत सुशासनबारे विस्तृत प्रशिक्षण दिए । शिक्षा उपसमितिका सदस्य बिदुर केसीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन शिक्षा उपसमितिका सदस्य नेत्रबन्धु पोखरेलले गरेका थिए । सहकारी सदस्यहरूको क्षमता अभिवृद्धि र संस्थागत विकासका लागि यस प्रकारका कार्यक्रम निरन्तर सञ्चालन गरिने संस्थाले जनाएको छ ।













