चितवन । चितवनको कालिका नगरपालिका–११ सिद्धिस्थित भित्रि सडक खण्डमा शनिबार राति बलेरो दुर्घटना हुँदा बलेरो चालकको मृत्यु भएको छ ।
शनिबार राति साढे १० बजेको समयमा सिद्धिबाट कल्याण चौरतर्फ जाँदै गरेको बा १८ च८९७३ नम्बरको बलेरो आफै अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
बलेरो दुर्घटना हुँदा गम्भीर भाइते भएका चालक खैरहनी नगरपालिका–४ बस्ने ६२ वर्षीय राममणी न्यौपानेलाई उपचारको लागि भरतपुर अस्पताल ल्याइपु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका चितवन प्रहरीका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।
शवलाई भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।












